Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो

७ असोज

काठमाडौँ  – भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ५६ लाख बढी पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८५ जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म भारतमा ५६ लाख ४६ हजार ११ जना कोरोना संक्रमित पुगेको छ भने ९० हजार २० जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ ।

भारतमा ९ लाख ६८ हजार ३ सय ७७ जनामा अझै कोरोना संक्रमण सक्रिया नै रहेको छ । उनीहरुको हाल उपचार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE