Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

धनुषा पेट्रोल पम्पमा लुटपाट,रड प्रहारबाट मालिक घाइते

 १९ आश्विन,काठमाडौं – धनुषाको विदेह नगरपालिका-७ स्थित रोसन ज्योती पेट्रोल पम्पमा डकैती भएको छ । १० र १२ जना डाँकाहरूको समूहले मध्यरातमा आएर नगद, सुनचाँदी र मोवाइल लुटेर लगेका छन् ।

डाँकाहरूले रड प्रहार गर्दा पेट्रोल पम्पका सञ्चालक शम्भुनारायण साहको टाउकोमा चोट लागेको छ । जकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत साहको टाउकोमा सात टाँका लगाइएको छ ।

डाँकाहरूले ६ लाख नगद, ६ र ७ तोला सुन र केही चाँदी लुटेर लगेको उहाँले जानकारी दिनुभयो। पीडितले गिद्धा प्रहरी चौकीमा खबर गरे पनि प्रहरी घटनास्थल पुग्दा उनीहरू भागिसकेका थिए ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

WRITE COMMENTS FOR THIS ARTICLE