Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

शिक्षामन्त्रीको बर्खास्ती र घरबेटीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रुपा सुनारद्वारा रिट दायर

शिक्षामन्त्रीको बर्खास्ती र घरबेटीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रुपा सुनारद्वारा रिट दायर

२० जेठ, काठमाडौं– जातीय कारणले कोेठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान र मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सञ्चारकर्मी रूपा सुनारले कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

दलित भएका कारण घर बहालमा काठमाडौं बबरमहलकी सरस्वती प्रधानले कोठा भाडामा उपलब्ध नगराएपछि उनले घरबेटी प्रधानविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी पश्चात प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो ।

यद्यपि उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए ।

रिटमा मन्त्री श्रेष्ठले जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको उल्लेख छ ।

रिटमा उनले शिक्षामन्त्री श्रेष्ठले संवैधानिक अनधिकृत कार्य गरेकाले तत्काल पदबाट हटाई जातीय छुवाछुत तथा अन्य सामािजक भेदभाव ऐन बामेजिम अनुसन्धान तथा कारवाहीको माग गरेकी छन् ।

सर्वोच्चमा दायर गरिएको उक्त रिटमा सरकारी वकिलको कार्यालयलाई समेत विपक्षी बनाइएको छ।

रिटमा मुद्दाको प्रमाणहरु नष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिहरूमार्फत मुद्दाको अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले घरबेटी सरस्वती प्रधानलाईसमेत तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE