मन्त्री बन्ने लाइनबाट आखिर किन बाहिरिनु पर्यो : श्रेष्ठ
१३ आश्विन, काठमाडौ – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने इच्छा देखाएका नेता श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिनुभएको हो। सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उहाँको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग छ ।
जसमा मन्त्री बन्ने इच्छा जाहेर गर्नेमा पूर्वउपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ पनि हुनुहुन्थ्यो । तर प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय गरेपछि नेता श्रेष्ठ मन्त्रीहुने लाईनबाट बाहिरिनु परेको हो। यतिबेला माओवादी केन्द्रमा मन्त्रीको नाम टुङ्ग्याउन आन्तरिक छलफल भइरहेको छ । पछिल्लो जानकारी अनुसार हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री बन्नुहुने छ।
त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ । त्यस्तैगरी मधेस कोटाबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको सम्भावना बलियो छ । उनीहरुले कुन मन्त्रालय पाउने भन्ने यकिन हुन भने बाँकी नै छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE