Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक बस्दै

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक बस्दै

२८ असार, काठमाडौं– सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्ने फैसला गरेसँगै विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ ।

सर्वोच्चले संसद पुनर्स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

विपक्षी गठबन्धनको बैठकले आगामी योजनाबारे छलफल गर्ने स्रोतले जनाएको छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE