कोपा अमेरिकामा आज दुई खेल हुँदै, पहिलो खेलमा दुई उपाधि दाबेदार आमनेसामने हुँदै
कोपा अमेरिकामा आज दुई खेल हुँदै, पहिलो खेलमा दुई उपाधि दाबेदार आमनेसामने हुँदै
३१ जेठ, काठमाडौं– कोपा अमेरिका फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
दुई खेलमध्ये पहिलो खेलमा फुटबलप्रेमीमाझ लोकप्रीय मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले बलियो दाबेदार चिलीको सामना गर्दैछ भने आजै हुने दोस्रो खेलमा पाराग्वेले बोलिभियाको सामना गर्दैछ ।
नेपाली समयअनुसार पहिलो खेल मंगलबार बिहानै २ः४५ देखि सुरु हुनेछ भने दोस्रो खेल बिहान ५ः४५ देखि सुरु हुनेछ ।
दुई खेलमध्ये पहिलो खेलमा धेरै दर्शकको नजर रहेको छ । आजको पहिलो खेलमा मैदानमा उत्रिन लागेका टोलीमध्ये दुवै टोली दाबेदार टोली हुन् ।
यी दुवै टोली २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा आमनेसामने भएका थिए । जसमा दुवै पटक चिलीले उपाधि जित्न सफल भएको थियो ।
यस्तै अर्जेन्टिनाले पनि यस उपाधि सुरुभय यता १४ पटक हात पारिसकेको छ ।
यसअघि सोमबार बिहान भएका उद्घाटन खेलमा आयोजक ब्राजिलले भेनेजुयलामाथि ३–० को जित निकालेको थियो । यस्तै अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले पराजित गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE