छेडागाड नगरपालिका-९, डाँडाबुदार्नमा पहिलोपटक राहत वितरण
नरेन्द्र महतारा । जाजरकोटको छेडागाड नगरपालिका-९, डाँडाबुदार्नमा पहिलोपटक राहत वितरण गरिएको छ । भूकम्पको ३ महिना बित्नै लाग्दा स्वीजरल्याण्ड निवासी जया गेराल्डिनेले व्यक्तिगत सहयोगमा न्यानो कपडा वितरण गरेकी छन् ।
बुदार्नमा रहेका २५ घरधुरीलाई सो राहत सामग्री वितरण गरिएको हो । त्यहाँ भूकम्पले सबै घर चर्किएका छन् । घर चर्किएपछि मानिसहरु बाहिर आश्रय लिन बाध्य छन् । चिसो बढ्दै जाँदा स्वास्थ्यमा समेत असर परिरहेको छ । तर, सरकारले अहिलेसम्म पनि राहतका सामग्री उपलब्ध गराउन सकेको छैन । त्यसमा पनि अस्थायी आवास निर्माणका लागि गएको अनुदान समेत वितरण हुन नसक्दा समस्या भएको छ । पीडितहरु सरकारको फितलो कार्यशैली देखेर झन निराश भएका छन् । यहीबेला स्वीस नागरिक जया गेराल्डिनेले राहत उपलब्ध गराएकी हुन् । यसमा ललितपुरका माधव तिवारी र सोफिया महर्जन कार्कीको विशेष सहयोग रहेको छ ।
स्वीजरल्याण्ड निवासी जया गेराल्डिनेले उपलब्ध गरेका राहत सामग्रीहरुस्
बलांकेट ६० थान
टोपी १३५
बच्चाको जुत्ता ४८ पिस
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE