Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेडबुल’ बिक्री बितरण गर्ने पक्राउ

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेडबुल’ बिक्री बितरण गर्ने पक्राउ

६ साउन, काठमाडौं– काठमाडौँमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँका स्टोरमा प्रहरीले छापा मारेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार टोलीले काठमाडौँका चारवटा स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरेको हो ।

२०७६ असार मा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।

देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने अपराध महाशाखाले जनाएको छ ।

पक्राउ गरिएका आरोपीहरूले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

पक्राउ गरिएकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE