यस पटकको दसैंमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाइदिने
३० असोज
काठमाडौं – कोरोना भाइरसका कारण हरेक वर्ष विशिष्ठ व्यक्तिले सर्वसाधारणलाई लगाइदिदै आएको टीकाको कार्यक्रम स्थगित गरेका छन् ।
सरकारले आम नागरिकलाई नै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दसैं मनाउन र टीका ग्रहण गर्न भनिरहेकाले विशिष्ठ व्यक्तिले मापदण्डको पालना गर्दै सर्वसाधारणलाई लगाइदिने टीकाको कार्यक्रम स्थगित गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दसैंमा टीका लगाइदिने कार्यक्रम रोकिएको छ ।
यस्तै, चाडपर्व लक्षित गर्दै विभिन्न राजनीतिक दलले गर्दै आएको चियापान कार्यक्रम पनि यस वर्ष स्थगित भएको छ । हालसम्म उपराष्ट्रपति नन्दबहादुर पुनले दसैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेको सचिवालयले जनाएको छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको छ । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन् ।
सर्वसाधारण मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ भने दसैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE