प्रचण्डसँग लड्न सक्छु : बादल
८ आश्विन,काठमाडौं – नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न सक्ने बताउनुभएको छ ।
प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चुनाव लड्न सकिने उनले बताउनुभएको हो । चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छु उहाँले भन्नुभयो ।
बादल २०६४ सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको । त्यसयता उहाँ यहाँ चुनाव लड्नुभएको छैन। प्रचण्ड २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।
उहाँले प्रचण्डले राष्ट्रियता र समाजवादको लाइन छाडे पनि आफूले नछाडेको बताउनुभयो । लाइन छाड्नेहरूले राष्ट्रियतको विषयमा नयाँ चुनौती खडा गरेको उहाँले बताउनुभयो।
उहाँले प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउनतर्फ लागेको पनि बताउनुभएको छ। पार्टीको लाइन छाडेर प्रचण्ड पलायन भएको उहाँले बताउनुभयो । लाइन छाड्नेहरुले राष्ट्रियताको विषयमा नयाँ चुनौती खडा गरेका छन्,उहाँले भन्नुभयो । गुट गर्नेहरूले दक्षिणपन्थी विचलनतिर लागेर कन्फर्टेबल सरकार गठन गरेको उहाँले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE