Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

लिचीको दाना घाँटीमा अड्किदा ६ महिने बालकको मृत्यु

लिचीको दाना घाँटीमा अड्किदा ६ महिने बालकको मृत्यु

२० जेठ, काठमाडौं– कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ का ६ महिने बालकको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याएइएको थियो । उपचारका लागि पु¥याए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिए ।

बालकले आँगनमा खेल्दै गर्दा लिची खाएको प्रहरीको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE