काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा संक्रमण
६ असोज
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४७ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ५ सय ११ संक्रमित थपिएका छन् भने ललितपुरमा ७३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ६३ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १७ हजार ९ सय ०९ पुगेको छ । यसमध्ये काठमाडौमा १४ हजार ६ सय ६१, ललितपुरमा १ हजार ६ सय ८२ जना र भक्तपुरमा १ हजार ५ सय ९६ जना संक्रमित छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE