Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मुल्य सोमबार एक सय रुपैयाँले बढ्यो

२४ फागुन
काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन सोमबार पुन: एक सय रुपैयाँले बढेको हो ।

छापावाल सुन सोमबार ८६ हजार २ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन आइतबार प्रतितोला ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ८५ हजार ७५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि सामान्य बढेको छ । नेपाली बजारमा आइतबार शुक्रबारकै भाउमा स्थिर रहेको चाँदी सोमबार १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार १ हजार २६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । आइतबार चाँदी १ हजार २५० मा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE