सरकारको आयु धेरै लामो छैन : शर्मा
सिताराम थापा
बागलुङ – राष्ट्रिय जनमोर्चाले बागलुङको बुर्तिवाङमा सरकारको गतिबिधिको बृहत् बिरोध गरेको छ। राजमोले आयोजनामा बुर्तिबाङमा आइतबार गरेको विरोध सभा सम्पन्न भएको हो । ‘संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खताराको विरुद्ध संघर्ष गरौं, महंगी, भ्रष्टाचार, हत्या हिंसा र बलत्कारको अन्त्य गरौं’ भन्ने मूल नारा सहित राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले देशव्यापी विरोध कार्यक्रम अन्तर्गत कार्यक्रम बुर्तिबाङमा सम्पन्न गरेको हो ।

विरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकोले यो सरकारको आयु धेरै लामो नभएको बताए । महासचिब शर्माले देशमा अहिले चरम भ्रष्टाचार, महंगी, हत्या हिंसा, बलात्कार, जस्ता सामाजिक अपराधहरु बढ्दै गएको र त्यसको समाधान गर्न सरकार असफल भएकोले देश गभ्भीर मोडमा पुगेकोले खबरदारी गरिएको बताए ।
अहिले विदेशी शक्तिकेन्द्रहरुको इसारामा हिन्दु राज्यको माग गर्ने नाममा केही राजनीतिक दल र राजावादी शक्तिहरु धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा उत्रिन थालेकाले देशमा प्रतिगमनको खतरा पनि त्यत्तिकै गम्भीर बन्दै गएको बताउँदै अहिले देशमा संघयताकै कारण राष्ट्रियता कमजोर बन्दै गएको भन्दै यो देशका लागि अफाबसिद्ध भइसकेकाले संघीयताको खारेजी गर्नुपर्नेमा समेत जोड दिए । उनले देशको राष्ट्रियता बचाउने अभियानमा सबै सचेत नागरिक र जनता एक आग्रह समेत गरेक छन् ।

बिरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा सल्लाहकार गौरिश्वर पाण्डे, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, नेकपा मसालका जिल्ला प्रवक्ता मेघ बहादुर पाइजा, अखिल नेपाल महिला संघकी उपाध्यक्ष दुर्गादेवी घर्ती मगर, प्रगतिशील पत्रकार संघ बागलुङका उपाध्यक्ष लोकेन्द्र सुनार लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले वर्तमान दुईतिहाईको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र जनताका गास, बास, कपास र जनजीविकाका सवालहरु गम्भीर बन्दै गएकाले सबै सचेत नेपालीहरु यसको विरोधमा उत्रदै राष्ट्रियताको संरक्षण गर्ने अभियानमा जुट्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्दी्रय कोषाध्यक्ष भीमसेन बन, जिल्ला अध्यक्ष जुन विक्रम शाही, रक्तिम सांस्कृतिक अभियान बागलुङका अध्यक्ष दल बहादुर वि।क।, अखिल छैठौंका जिल्ला अध्यक्ष शिवलाल चालिसे, जातीय समता समाज बागलुङका अध्यक्ष खड्क वि.क. लगायत राष्ट्रिय जनमोर्चा समर्थक विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा बिरोध पर्दशनि गरेको थिए । राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरको अध्यक्षता रहेको उक्त विरोध सभा कार्यक्रमको संचालन जिल्ला सचिव भीमलाल पोखरेलले गरेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE