Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

देशभरका १ लाख कर्मचारी एकैपटक आन्दोलनमा

काठमाडौं – देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन्।

सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यसविरुद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् ।

उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीनवटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तथा सो ऐनमा क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने, तीनै तहमा तहगत प्रणाली लागू गर्नुपर्ने तथा वृत्ति विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्नेलगायत १० बुँदे माग पत्रसहित आन्दोलन थालेका हुन् ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहका कर्मचारी आन्दोलित भएपछि सेवाप्रवाहमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएको हो । आन्दोलनमा उत्रिएका कर्मचारीले आइतबारदेखि नै कार्यक्रमलाई व्यापक पारेका छन् । आइतबार मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा उनीहरूले आपूmहरूको मागसहितको विवरण समेटिएको पत्र यत्रतत्र वितरण गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

WRITE COMMENTS FOR THIS ARTICLE