Date
सोम, बैशाख ३, २०८१
Mon, April 15, 2024

हाम्रो भेलाले बालुवाटारमा बस्ने ओलीलाई पीडा भएछ : अष्टलक्ष्मी शाक्य

४ चैत
काठमाडौं –
नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरुको भेला देखेर बालुवाटारमा बस्ने केपी शर्मा ओलीलाई पीडा भएको टिप्पणी गरेकी छिन् । उनले आफूहरुले आयोजना गरेको भेला कुनै गुटको भेला नभएको भन्दै भेलामा निर्धक्क भएर सहभागी हुन आग्रह गरिन् ।

आजबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भेलामा सहभागी नहुन भन्दै ईश्वर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीको उनले निन्दासमेत गरिन् ।

उनले गत फागुन २८ गते ओलीले गुटको भेला राखेर गरेको निर्णय विधानसम्मत नभएको पनि टिप्पणी गरिन् । उनले आफूहरुको भेलामा आईदिनको लागि ओलीलाई आग्रह गरिन् । तर, त्यसको लागि २८ गतेको निर्णय फिर्ता लिनुपर्ने उनको अडान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE