प्रतिनिधासभा विघटनः सरकार पक्षका क–कसले गर्दैछन् बहस ?
प्रतिनिधासभा विघटनः सरकार पक्षका क–कसले गर्दैछन् बहस ?
१७ असार, काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहसमा आज पनि सरकार पक्षका कानुुन व्यवसायीहरु बहस गर्दैछन् । रिटका निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएपछि तीन दिनदेखि सरकारी पक्षका कानुन व्यवसायीहरुले प्रतिरक्षामा बहस भइरहेको छ ।
उक्त मुद्दामा बिहीबार पनि राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्दैछन्।
बिहिबारको बहस पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सुरु गर्ने भएका छन् । बहसमा खरेलका लागि एक घण्टा समय छुट्याइएको छ। खरेल अघिल्लोपटक संसद विघटन हुँदा महान्यायाधिवक्ता थिए ।
खरेलपछि बरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, पर्शुराम कोइराला, सुवाश आचार्य, महेश नेपाल, विश्वमणि अधिकारी, टंक दुलाल, इश्वरी भट्टराई, भोजराज आचार्य, रवीनारायण खनाल लगायतले बहस गर्दैछन्।
सरकारी पक्षलाई छुट्याइएको १५ घण्टाको समयमा साढे ४ घण्टा समय बाँकी छ।
सरकारी पक्षको बहस आजै सकिने सम्भावना कम छ ।
उनीहरुको बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। सभामुखका कानुन व्यवसायीका लागि एक घण्टा समय दिइएको भएपनि केही समय थप गर्ने इजलासको तयारी छ।
त्यसपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका छन्। अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाई भइरहेको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE