शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने
२१ आश्विन,काठमाडौँ – बिहीबार ८९ दिनपछि सहमतिका साथ मन्त्रालय बाँडफाँड गर्न सफल भएको सत्ता गठबनन्धनका दलहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । गठबन्धनमा सामेल पाँच दलमध्ये चार दल मन्त्रिमण्डलमा सहभागी हुने छन् भने जनमोर्चा सहभागी नहुने बताइसकेको छ ।
गठबन्धनका दलहरुको सहमतिअनुसार नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय पाउने भएका छन् । भोलि शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतले बताएको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE