Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

विजय गच्छदारको घरमा नै टाँस्यो विशेष अदालतले म्याद

१ चैत
काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सम्पर्कमा नआएपछि विशेष अदालतले मोरङस्थित उहाँको  निवासमा म्याद तामेल गरेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई अदालतमा उपस्थित हुन भने पनि उहाँ सम्पर्कमा नआएको विशेष अदालतले जनाएको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार फेला नपरेपछि उहाँको मोरङस्थित घरमै म्याद तामेद गरिएको जानकारी दिनु भयो । गएको फागुन २३ गते विशेष अदालतले ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । तर, गच्छदार अदालतको सम्पर्कमा नआएको प्रवक्ता पाण्डेयले जानकारी दिनु भयो । सो प्रकरणमा उपप्रधानमन्त्री रहेका बेला गच्छदार मुछिएका हुन् । उहाँ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । भ्रष्टाचारकान्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उहाँ केही समययता पार्टी कार्यक्रममा पनि देखिएका छैनन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE