प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्ड काकलिङ माविलाई
- सिंहराज योञ्जन
५ चैत्र
रामेछाप-दोरम्बा गाउँपालिकाद्धारा आयोजित पालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी काकलिङ माध्यमिक विद्यालयले जितेको छ । ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम स्थान हाँसिल गर्दै शिल्ड आफ्ने पोल्टामा पारेको हो ।
काकलिङ माध्यमिक विद्यालयले छात्रा भलिबल, छात्रा दौड २ सय मिटर, छात्रा दौड १ हजार ५ सय मिटर, छात्र दौड ४ सय मिटर, छात्र दौड ३ हजार मिटर, कराँते छात्रा ४० केजी मुनी, कराँते एकल छात्रा, कराँते छात्र ४२ केजी मुनी, कबर्दी छात्रा १ गरि ९ स्वर्ण जितेको हो । त्यस्तै दौड छात्रा २ सय मिटर, दौड छात्र ३ हजार मिटर, लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र र काता एकल छात्रा गरि ५ रजत बटुलेको थियो । लङजम्प छात्रा, कराँते ४७ केजी मुनी छात्र २, कबर्डी छात्रा कराँते ४२ केजी मुनी छात्र, कराँते ४५ केजी मुनी छात्रा र भलिबल गरि ७ कास्य जित्न सफल भएको हो ।

द्धितीय स्थान हासिल गरेको सेतीदेवी माध्यमिक विद्यालय दोरम्बा–५ ले ३ स्वर्ण, ३ रजत र ५ कास्य जितेको छ । सेतीदेवी माविले ५४ केजी मुनी छात्रा, कराँते ५२ केजी मुनी छात्र, काँता एकल छात्र गरि ३ स्वर्ण र दौड १ हजार ५ सय मिटर छात्रा, दौड ४ सय मिटर छात्र र काँता एकल छात्रा गरि ३ रजत बटुलेको थियो भने ५२ केजी मुनी छात्र कराँते, ४० केजी मुनी छात्रा कराँते, ५० केजी मुनी छात्रा कराँते, छात्रा दौड २ सय मिटर र छात्र दौड ३ हजार मिटर गरि ५ कास्य जितेको हो ।

प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ४ कास्य सहित कण्ठेश्वर माध्यमिक विद्यालय तेस्रो भएको छ । कण्ठेश्वर माध्यमिक विद्यालयले कराँते ४७ केजी मुनी छात्र र ५० केजी मुनी छात्रा गरि २ स्वर्ण जितेको हो । कराँते ४७ केजी मुनी छात्र, ५० केजी मुनी छात्रा, ५२ केजी मुनी छात्र, ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा गरि ६ रजत र छात्रा भलिबल, कराँते ४२ केजी मुनी, काँता एकल छात्र, काताँ एकल छात्रा गरि ४ कास्य आफ्नो पोल्टामा पारेको हो ।
त्यस्तै प्रतियोगितामा कालिका माध्यमिक विद्यालय दोरम्बा–६ ले भलिबल र कबर्डी गरि दुई स्वर्ण जितेको छ भने १ रजत र १ कास्य जितेको छ । यता भिमेश्वर माध्यमिक विद्यालय दोरम्बा–७ ले लङजम्प छात्रातर्फ १ स्वर्ण र २ कास्य जितेको छ । सुर्के देउराली माध्यमिक विद्यालय दोरम्बा–१ ले लङजम्प छात्रतर्फ एक स्वर्ण र १ रजत र १ कास्य हात पारेको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय दोरम्बा–७ ले १ रजतमा नै चित्त बुझाएको छ । प्रतियोगितामा दोरम्बा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE