Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याइन्‍छ : नेतृ पम्फा भुसाल

१२ फागुन
काठमाडौँ –
दाहाल-नेपाल समूहकी नेतृ पम्फा भुसालले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । बुधबार काठमाडौँमा भएको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन् ।

हिजो नै राजीनामा आउने आफुले सोचेको तर नआएको भुसालले बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ । पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस् । प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो’भुसालले भनिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE