कोरियन ड्रिम इन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० को तयारी पुरा

१३ भदौ, काठमाडौँ । कोरियन ड्रिम इन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० को सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार सहआयोजक त्रिमुर्ति एकेडेमीमा भएको टाई सिटमा सहभागि सबै विद्यालयले आ–आफ्नो प्रथम प्रतिद्वन्द्वी पाएका हुन् ।
पहिलो हाफ ७ मिनेट र दोस्रो हाफ ७ मिनेको गरि खेल १४ मिनेटको फुल टाइममा खोलाइने रेफ्री सन्तोष बोगटीले बताउनु भयो । खेल लिक कम नकआउटमा खेलाईने भएको छ । समुह चरणमा २५ विद्यालयहरुलाई ८ समुहमा विभाजन गरिएको छ ।
समूह चरणमा हरेक समूहबाट विजयी एक विद्यालय क्वाटर फाइनल खेल्ने छन् । समुहचरणका खेल बिहीबार र शुक्रबार विहान हुने छन् भने बाँकी खेल शुक्रबार नै हुने आयोजकले जनाएको छ ।
खेल कान्तिपुर फुटसल एकतावस्तीमा आयोजना हुने छ । भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ विद्यालबीच प्रतिस्प्रधा हुने भएको छ ।
खेलको टाईसिट
फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगितामा प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद, ट्रफी र मेडल पाउने छन् ।
कोरियन ड्रिमलाई विश्वव्यापीकरण गर्नको लागि सुरु गरिएको प्रतियोगिताले उत्तर र दक्षिण कोरियाको रि–यूनिफिकेशनको सन्देश नेपालबाट पनि प्रवाह गर्ने उद्देश्य रहेको त्रिमुर्ती एकेडेकीका प्रिन्सिपल डा. किशोर राजभण्डारीले बताउनुभयो । उहाँले विश्व शान्तिका लागि यी दुई एकै नाम भएको देश पुनःएकीकरण हुनुले ठूलो भुमिका निर्वाह गर्ने बताउनुभयो ।
खेलका माध्यमबाट विश्वमा भइरहको द्वन्द तथा टुक्रिएका देशलाई एकीकृत हुन सन्देश प्रवाह गरिने राजभण्डारीले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE