कटुवा पेस्तोलसहित धनुषाबाट दुईजना पक्राउ
कटुवा पेस्तोलसहित धनुषाबाट दुईजना पक्राउ
२० जेठ, काठमाडौं– धनुषाको विदेह नगरपालिका–६ तिनकोरिया चोक नजिक मैनाथपुर सडकबाट १ थान कटुवा पेस्तोल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शहिदनगर नगरपालिका–३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सोही नगरपालिका–२ बस्ने १९ वर्षीय निपुल यादव रहेका छन् । मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज. १० प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी गिद्दा धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE