घुस काण्डमा मुछिएका डिन पाठकलाई कारबाही गर्न माग
विराटनगर । भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोपमा डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्।
७८ लाख भ्रष्टाचार काण्डमा जोडिएका व्यक्तीलाई विश्वविद्यालयको डिन पदमा राखिराख्दा विश्वविद्यालयको प्रतिष्ठामाथि नै आँच आउने भएकाले तत्काल निलम्बन गर्न मागसहित विश्वविद्यालयको ध्यानाकर्षण गरिएको पूर्वाञ्चल विश्वविद्यालय डेमोक्रेटिक प्रोफेसर एसोसियसनका अध्यक्ष यज्ञराज कट्टेलले जानकारी दिए। उनले भने, ‘घुस प्रकरणमा विवादित डिन भएकाले कारबाही गर्न विश्वविद्यालयसँग ध्यानाकर्षण गरिएको हो।’
अख्तियारका आयुक्त राजनारायण पाठकले इञ्जिीनयरिङ कलेज विवादको मुद्दा तामेलिमा राखिदिने भन्न्दै भाइ शुभनारायण पाठकका माध्ययमबाट पटक–पटक गरी ७८ लाख रुपैया“ घुस लिएका थिए। घुस प्रकरणमा दाजुभाइको सेटिङबारे पत्रपत्रिकामा समाचार प्रकाशित भएको थियो। यो समाचार आजको नागरिकमा प्रकाशित छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE