Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

५ जेठ, काठमाडौं– एमाले विवाद समाधानका लागि स्थापित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्न लागेको हो ।

उक्त कार्यदलले विवाद सुल्झाउनका लागि जेठ २ गतेदेखि तिन दिनको समय पाएको थियो । सिंहदरबारमा आज हुने बैठकमा कार्यदलका सदस्यहरु शंकर पोखरेल बुटवलबाट आउनु पर्ने र विष्णु पौडेल बजेट निर्माणमा व्यस्त रहेकाले साँझ ७ बजे डाकिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । आजको छलफलले कार्यदलको क्षेत्राधिकार र कार्यविधि निर्धारण गर्नेछ । यसैगरी बैठकले भोलीको राष्ट्रिय सभा उपनिर्वाचनको सन्दर्भमा पनि समिक्षा गर्ने जनाइएको छ ।

कार्यदलको पहिलो बैठक हिजो मंगलबार ३ बजे बसेको थियो । सिंहदरबारमा बसेको पहिलो बैठकले पार्टीको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता लागू गर्ने निर्णय गरेको गियो । यसैगरी पार्टीमा अन्तरविरोध हुने कामको सिर्जना नगर्न पार्टीपंक्तिलाई आह्वान गरेको थियो ।

विवाद निरुपणका लागि गठित कार्यदलको संयोजकत्व प्रधानमन्त्री ओलीपक्षबाट सुवास नेम्वाङ र नेपालपक्षबाट भीम रावलले गरेका छन् । कार्यदलमा दुवै पक्षका ५÷५ जना नेता सहभागि रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE