Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026

राष्ट्रपति हुन लोभ गर्‍यो भनेर गलत प्रचार गरियो : रामचन्द्र पौडेल

१९ फागुन
काठमाडौँ –
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेकाले अहिले फेरि राष्ट्रपति पदको लोभमा मुछिएकामा आपत्ति जनाउनु भएको छ ।

‘देशमा पहिलो राष्ट्रपति चुन्ने बेलामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले राष्ट्रपति बन्न नदिएपछि तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव आएको थियो’, पौडेलले भने, ‘त्यतिबेला गिरिजाबाबु मैले अझै पनि लोकतन्त्रको लागि लड्नु छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन भनेर आएको अवसरलाई त्यागेको थिएँ।’

आफूले लोकतन्त्रको मूल्य र मान्यतासँग कहिल्यै सम्झौता नगरेको बताउँदै पौडेलले आफूलाई प्रधानमन्त्रीको समेत प्रस्ताव आएको जनाए। विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटार भक्तपुरले गरेको सम्मान एवं रक्तदान कार्यक्रममा उनले आफूमाथि गलत प्रचार गर्न थालिएको भन्दै आपत्ति पनि जनाउनु भयो ।

‘पहिलो संविधानसभा कायम रहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई बालुवाटार बोलाएर बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट राजीनामा गराउँछौं, तपाई १० वा प्रदेश संरचनाको सिद्धान्त मान्ने घोषणा गरिदिनुस्, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव गर्नुभएको थियो, मैले त्यो अवसरलाई त्यागेर प्रत्येक संविधान निर्माणका प्रत्येक बुँदाबुँदामा लडेँ,’ उहाँले भन्नु भयो ।

राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेर देश र लोकतन्त्रको रक्षाको लागि लड्दै आएको व्यक्तिलाई अहिले राष्ट्रपतिको लोभमा फस्यो भन्दै गलत प्रचार गरिएको उहाँको भनाइ छ।

पौडेलले अहिले कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताउनु भयो

WRITE COMMENTS FOR THIS ARTICLE