Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक नेपाली युवक बेपत्ता

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक नेपाली युवक बेपत्ता

१५ साउन, काठमाडौं– दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् ।

शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

उक्त स्थानबाट बिहान ५÷६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएको उनले बताए ।

बेपत्ता धामीको खोजी शुरु गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE