जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !
मुगु — कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदै छिन् । यहाँ एउटा गोरु जोत्ने पुरानो चलन छ ।थेनसिंह लामा भन्छन्, यो हाम्रो पुर्खादेखिको चलन हो । यो गाउँमा कसैले पनि दुइवटा गोरु जोत्दैनन् । लामा जातिका एउटा गोरु जोतेर खेती गर्नु पुख्र्यौली परम्परा भएको अर्का स्थानीय ग्याल्जन लामाले बताए ।,नयाँ पत्रिका
५१ परिवार लामा जातिको बसोबास रहेको दाउरामा सबैका गोठमा एउटै मात्र गोरु छ । सबैले एउटै गोरु जोतेर खेती लगाउँछन् । पुरुष नहुँदा महिलाले पनि हलो जोत्छन् । पुरुष घरमा नहुँदा हामी आफै हलो जोतेर खेती लगाउँछौँ, स्थानीय याङ्जु लामाले भनिन्, लोग्ने मान्छ् व्यापारका लागि बाहिरफेर गईरहन्छ, घरमा लोग्ने मान्छे नहुँदा महिलाहरुले नै हलो जोतेर खेती लगाउने गरेका छौँ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE