मन्त्रिपरिषद्ले पायो पूर्णता, कस्ले कुन मन्त्रालय पाए ? (हेर्नुस् सुचीसहित)
मन्त्रिपरिषद्ले पायो पूर्णता, कस्ले कुन मन्त्रालय पाए ? (हेर्नुस् सुचीसहित)
२७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
आज सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त तथा जनता समाजवादी पार्टी (जसपा) ठाकुर पक्षबाट एक मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
थपिएका मन्त्रिहरुमा खगराज अधिकारीलाई गृह, नैनकला थापालाई सञ्चार, नादरमुनी रानालाई वन, गशेण पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, ज्वालाकुमारी साहलाई कृषि, र राजकिशोर यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी मन्त्रि नियुक्त गरिएको छ ।
यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE