Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती

६ साउन, काठमाडौँ – सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो।

राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेका छौं ।’ –ती सुरक्षा अधिकारीले भने । संसद् पुनःस्थापनापछि सार्वजनिक सडकमा उनको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अघिपछिको भन्दा बढी देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

WRITE COMMENTS FOR THIS ARTICLE