मन्त्रालय बाँडफाँडमा विवाद हुँदा मन्त्रिपरिषद विस्तार अझै अन्यौलमा
१९ आश्विन,काठमाडौं – आजै सहमति गरेर मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनका नेताहरुको प्रयास सफल हुन सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका ४ शिर्ष नेताहरुले एक घन्टा छलफल गरेपनि मन्त्रालय र मन्त्रीको टुंगो लाग्न बाँकी रहेको बुझिएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । तर, नेताहरुले मन्त्रालय बाँडफाँडको टुंगो लगाउन सक्नुभएन।
नेपाल र यादवले आकर्षक मन्त्रालय मागेपछि संख्या घटाउने विषय पनि उठ्न थालेको छ । मन्त्रालयको टुंगो नलाग्दा मन्त्रीको नाम दिन सक्नुभएको छैन। नेकपा एसले पर्यटन, शिक्षा, सञ्चार, उद्दोग, भौतिक वा शहरी विकासमध्ये एक मन्त्रालय मागेको बताईएको छ।
जसपाले स्वास्थ्य, भौतिक वा शहरी विकासमध्ये एकलगायत आकर्षक मन्त्रालय मागिरहेको बताईएको छ। नेकपा एस र जसपाले आकर्षक मन्त्रालय मागेपछि प्रतिनिधि सभामा उनीहरुको सांसद संख्याका आधारमा मन्त्रालय भागवण्डा गर्नेबारे पनि सवाल उठ्न थालेको छ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE