वाणिज्य विभागद्वारा ४ हजार ७ सय ७९ व्यापारिक फर्मको अनुगमन
वाणिज्य विभागद्वारा ४ हजार ७ सय ७९ व्यापारिक फर्मको अनुगमन
५ साउन, काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा ४ हजार ७ सय ७९ व्यापारिक फर्मको बजार अनुगमन गरेको जनाएको छ ।
विभागले र विभाग अन्तर्गतका पाँचओटा कार्यालयले गत आर्थिक वर्षभरिमा अनुगमन गरिएका कम्पनीहरुको तथ्यांक सार्वजनिक गरेको हो ।
अनुगमन गरिएका व्यापारिक फर्ममध्ये ५१ वटा कम्पनीको कारोवार रोक्का गरिएको, १ हजार ३ सय ४७ ओटा कम्पनीलाई जरिवाना गरिएको र अन्य ४ हजार ४१ ओटा फर्मलाई अन्य कारवाही गरिएको विभागले जनाएको छ ।
त्यस्तै, गत आर्थिक वर्षको अनुगमनमा ३ करोड ३३ लाख ७० हजार रुपैयाँ बराबर जरिवाना संकलन गरिएको र ३ करोड ९८ लाख ५३ हजार २ सय ५९ रुपैयाँ बराबरको म्याद समाप्त भएका वस्तुहरु नष्ट गरेको विभागले बताएको छ ।
विभागले २०७७ साउन १ गतेदेखि २०७८ श्रावण मसान्तसम्मको बजार अनुगमनको तथ्याङ्क सार्वजनिक गरेको हो ।
विभागले काठमाडौं कार्यालय र सोही अन्तर्गत रहेका विराटनगर, विरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीले गरेको अनुगमन सहितको तथ्याङ्क सार्वजनिक गरेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE