Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

आफ्नो अधिकार प्रयोग गर्दा अरु सांसदहरुको अधिकार संकुचन नहोस : सभामुख सापकोटा

२७ भदौ, काठमाडौँ – प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकार प्रयोग गर्दा अरु सांसदहरुको अधिकार संकुचन गर्न नहुने बताउनु भएकोछ । सांसदहरुले सभामुखविरुद्ध नै नाराबाजी लगाईरहेका थिए ।

सोही क्रममा सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । त्यतिमात्रै होईन, सभामुखले प्रतिनिधिसभाको नियामावली २१ पनि सम्झाउनु भएको थियो ।

उहाँले भन्नुभयो ,‘विश्वव्यापी मान्यता छ, आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ अरु सांसदहरूले पनि बोल्ने अधिकारका लागि वातावरण बनाइदिनुहोस्, आफने अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुहोस् ।

WRITE COMMENTS FOR THIS ARTICLE