Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

जनता भ्रष्टाचारको जातोमा पिसिनु पर्ने बाध्यात्मक अबस्था आउनु दुर्भाग्यपूर्ण हो : अध्यक्ष थापा

१६ माघ
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता भ्रष्टाचार, कुशासन र सर्वसत्तावादको जातोमा पिसिनु परेको बताउनु भयो । उहाँले नयाँ नेपालको परिकल्पना र विभिन्न आन्दोलनपछि पनि जनताले सुशासन र समृद्धिको महसुस गर्न नपाएको भन्दै जनताले सधै कठिनाई मात्र बेहोरिरहनु परेको बताउनुभएको हो ।

शुक्रबार जिल्ला अध्यक्षहरुसंगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता थापाले संसद विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताउनुभयो । थापाले भन्नुभयो, संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भयो ।

परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको आन्दोलनपछि आएका परिवर्तनले जनताका आकांक्षा बोकन र पूरा गर्न नसकेको उहाँको भनाई रहेको थियो । उहाँले जनता भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तनको जातोमा पिसिनु पर्ने बाध्यात्मक अबस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE