प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
६,जेठ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ७ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार बन्ने प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको बैठकका अजेन्डा भने मन्त्रीहरुलाई भनिएको छैन। शुक्रबार प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि दाबी गरेका छन्।
दुवैको दाबीलाई लिएर शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक परामर्श गरिरहेकी छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE