Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

स्यालले टोक्दा चार जना गम्भीर घाइते

काठमाडौं – महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् ।

गाउँ नजिकैको वनको झारीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो ।

घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ । चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE