Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

कृष्टल तालिम : अनुगमन र समापन सफलताको कडि

सीप सिकौ, उद्यमि बनौ भन्ने मुल नारा सहित ३० जनाले लिएको कृष्टल तालिम ब्याबसायिक बनाउने  उत्पादन गर्ने उद्देश्य भएता पनि परिक्षणको कडि हुने सहभागिहरुले बताएका छन। तालिमको सहभागिहरु भन्छन तालिममा सीप सिकियो ब्याबसायि बन्न सक्छौ , सक्दैनौ गरेर हेरे पछि थाहा हुने छ उनीहरुले भने । तालिमको अनुगमन र समापन गर्दै जैमिनि नगर प्रमुख ईन्द्रराज पौडेलले ब्याबसायिक तालिमले  ब्याबसाय गर्न सफल हुनेमा विस्वस्त रहेको बताउनु भयो। अनुगमन गर्दै उप प्रमुख लिला रानाले तालिमले ब्याबसायिक मात्र नभएर प्रशिक्षक समेत उत्पादन भएको छ । आगामी दिनमा अन्य व्यक्तिले सिक्न चाहेको खण्डमा सहज हुन्छ उनले भने । प्रमुख तथा उप प्रमुखले अनुगमन गर्दा सहभागिहरुले  ६ किसिमको सीप मुलक कृष्टल सामाग्री उत्पादन गरेको जानकारी पाएको बताउनु भयो। 

तालिमको प्रशिक्षक गंगा कुमारी के सी रोकाले यस तालिम बाट सबै नभए पनि धेरै जना ब्यबसाय गर्न ईच्छुक रहेको बताईन।  तालिमको ब्यवस्थापन गरिरहेको नगरपालिका सदस्य रुद्रा के। सि। ले महिलाहरु लाई दिईएको यस तालिममा सहभागि  धेरै जसोले ब्यबसाय गर्ने बताईन  ।

त्यसै गरी सत्कर्म नेपालको निर्देशक यवं अभियान्ता सिताराम थापाले महिलाहरुलाई दिएको यस्तो प्रकृतिको तालिमहरु बिगतमा सरकारले धेरै लगानी गरे पनि बिफल भएको तर महिलहरुले अब स्व आत्मनिर्भर रहनु पर्छ भन्ने बुझेका कारण यसको सही सदुपयोग हुन सक्ने र रहनेमा आफु विस्वस्त रहेको बताउनु भयो ।  थापाले यसको कारण सरकारी योजना, बजेट बिनियोजन, ब्यबसायी भन्दा दलगत भागबण्डा, ब्याबसायि र सहभागी छनौटमा कमजोरी  अपुरो सीप युक्त तालिम दिने गरेकोले विगतबाट सिकेर मात्र यस्तो तालिम दिई महिला लाई आत्मनिर्भर बनाउन सकिने बिश्वास ब्यक्त गर्नु भयो। थापाले यस तालिम बाट दुई तिहाई सहभागी ब्यबसायिक र प्रशिक्षक बन्न सकेमा ग्रामिण महिलाहरुको जिवनमा समृद्दि ल्याउन सहयोग पुग्ने भएकोले बिश्वास ब्यक्त गर्नु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE