प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, मन्त्रीमण्डल हेरफेर हुने
१० पुष
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक डोकका हुन्।
यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।
गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागिएको हो ।
यसैबीच प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ। सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा विघटन भएपछि सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE