Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

१४ साउन, काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने नेता डा।प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता विवाद समाधानको प्रस्तावसहित प्रतिबेदन ल्याउन छानविन समितिलाई समय दिइएपछि उसले गरिरहेको कामबारे समीक्षा हुनेछ ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्ना तथा अनसन जारी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा तोकिए पनि महाधिवेशन हुने सम्भावना न्यून बन्दै गएको भन्दै विशेष महाधिवेशनको चर्चा समेत शुरू भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE