Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

शहीद स्मारक ए डिभिजन लिगमा ११औँ चरणका खेल आजदेखि

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबारदेखि ११ औँ चरणका खेल हुँदैछन्।  बुधबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। बिहान ११ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने हुनेछ। १० खेलबाट १४ अंक जोडेको हिमालयन आठौँ तथा ६ अंकसहित ब्रिगेड ब्वाइज १२ औँ स्थानमा छ। बुधबार नै हुने अर्को खेलमा  जावलाखेल युथ क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ। खेल एन्फा कम्प्लेक्समै हुनेछ।  बुधबार नै हलचोक मैदानमा हुने खेलमा न्युरोड टिम (एनआरटी) ले ११ औँ स्थानमा रहेको फ्रेण्ड्स क्लबसँग प्रस्तिपर्धा गर्नेछ। एनआरटीको १० खेलबाट चार तथा फ्रेण्ड्स क्लबको आठ अंक छ।

WRITE COMMENTS FOR THIS ARTICLE