Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ देखि बहिरंग सेवा पुनः सुचारु गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ देखि बहिरंग सेवा पुनः सुचारु गर्ने

३१ जेठ, काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आईसीयू) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ।

कोरोना संक्रमण व्यापक बढेपछि कोरोना भाइरस संक्रमितको उपचार मात्र गर्दै आएको प्रतिष्ठानले अन्य सेवा पनि सञ्चालनमा ल्याउने भएको हो ।

दाङमा कोरोना संक्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आईसीयू र ओपीडी सेवा सञ्चालनमा ल्याउन लागेको प्रतिष्ठानका उपकूलपति प्राडा संगीता भण्डारीले बताउनुभयो । प्रतिष्ठानले अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा सुरु गर्ने उहाँले बताउनुभयो ।

प्रतिष्ठानले उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE