पीएम कप क्रिकेट : सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले हराउदै प्रदेश तीन सेमिफाईनल प्रबेश
सवाल सम्वाददाता
बाग्मती- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समूह ए को विजेता बदै प्रदेश तीन सेमिफाईनल प्रबेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले ४५ दशमलब १ ओभरमा सबै विकेट गुमाउदै १ सय ४५ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको प्रदेश तीनले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको हो । १ सय ५५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश तीनले ३३ दशमलब २ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
प्रदेश तीनका लागि इशान पाण्डेले ५३ रन बनाए । त्यस्तै, आदिल खानले अविजित ३३ रन बनाउँदा कप्तान पारस खड्का २६ रनको योगदान गरे ।
सुदूरपश्चिमका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७ र नरेश बोहराले २६ रनमा समेटिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा सुर्य तामाङले तीन, प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले समान २–२ विकेट लिए । समूह ‘ए’ बाट प्रदेश तीन विजेता बन्दै सेमिफानलमा प्रवेश गर्दा एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE