Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारद्वारा सहयोग

गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारद्वारा सहयोग

१२ जेठ, काठमाडौं– कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले लुम्बिनी दृष्टिविहीन तथा अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

प्रतिष्ठान र मिलिजुली परिवारले संयुक्त रुपमा बुटवल–१५, उजेलापुरमा रहेको उक्त आश्रममा रहेका ३२ जना बालबालिका लागि खाद्यान्न तथा अन्य सामग्री बितरण गरेको हो । मंगलबार सिद्धार्थनगर जेसीजका अध्यक्ष गोपाल ज्ञवालीको प्रमुख आतिथ्यमा २० हजार रुपैयाँ बराबरको आवश्यक खाद्यान्न वितरण गरिएको हो । आश्रम सञ्चालन तथा घर भाडाको लागि नगद २० हजार पनि प्रदान गरिएको मिलिजुली परिवारले जानकारी दिएको छ।

मिलिजुलि टिकटक परिवारका संरक्षक रारा सैजुको जन्मदिनको अवसरमा आश्रममा अश्रित ३२ जना बालबालिकालाई ४५ दिनसम्म पुग्ने खाद्यान्न प्रदान गरिएको हो।

कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले यसअघि पनि दुःखपिडामा रहेका ब्याक्ति र हरेक क्षेत्रमा सहयोगको हातेमालो गर्दै आएको मिलिजुली परिवारकी संरक्षक रारा सैजुले जानकारी दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE