Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

भारत–चीन सीमामा तनाव तर व्यापार बढ्दै

१३ फागुन
काठमाडौं-लद्दाखस्थित भारत–चीन सीमामा दुई मुलुकका सेना पहलमानी भिडन्त भयो, जसले दुई मुलुकको सम्बन्धमा गम्भीर तनाव ल्यायो । तथापि, त्यो तनावले दुई देशको व्यापारलाई कुनै असर गरेन । सन् २०२० मा चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बन्यो । अघिल्लो आर्थिक वर्षमा पनि चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो । अघिल्लो वर्ष अमेरिका दोस्रो र संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो व्यापार साझेदार थिए, भारतका । सन् २०२० मा भारतले चीनबाट ५८.७ अर्ब डलरबराबरका सामान आयात गर्‍यो, जुन भारत र यूएईबाट आयात भएका सामानको योगफलभन्दा ठूलो थियो ।

जब कि, भारतले सन् २०२० मा चीनतर्फ १९ अर्ब डलरका सामान मात्र निर्यात गर्‍यो । गलवान उपत्यकामा भएको झडपमा भारतका २० सैनिकको ज्यान गएको थियो । त्यसपछि दुई मुलुकका सेना गलवान उपत्यकामा आमनेसामने भए । चीनले आफ्ना चार सैनिक मारिएको बताइरहँदा भारतीय पक्षले त्यसभन्दा बढी चिनियाँ सैनिकको मृत्यु भएको दाबी गरेको थियो ।

गलबान घटनापछि दुई मुलुकको व्यापारमा थोरै असर नपरेको होइन । तर, त्यो सैन्य तनाव नभई कोभिड–१९ महामारीको कारण थियो । र, त्यो प्रभाव त्यत्रो ठूलो परिमाणमा पनि थिएन । गलबान घटनापछि भारत केही आक्रामक देखियो । चीनबाट आउने सबै प्रकारका लगानीमा रोक लगायो । अनि दुई सयभन्दा बढी एप्समा सुरक्षाको कारण जनाउँदै रोक लगायो, जसमा टिकटक, विच्याट, विबोजस्ता लोकप्रिय एप पनि थिए । तथापि, पछिल्ला आँकडाले बताउँछन्, चीनसँगको निर्भरता जहाँको त्यहीँ छ ।

तथ्यांकअनुसार सन् २०२० मा भारत र चीनबीच ७७.७ अर्ब डलरबराबरको द्विपक्षीय व्यापार भएको थियो । त्यो सन् २०१९ मा भएको ८५.५ अर्ब डलरको द्विपक्षीय व्यापारभन्दा कम थियो । ||बीबीसी हिन्दीबाट ||

WRITE COMMENTS FOR THIS ARTICLE