सहमतिको प्रयासमा नेकपा अध्यक्षद्वय : आज पनि करिब ३ घण्टा कुराकानी
काठमाडौं-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउने प्रयास जारी छ । सोही प्रयास अनुरुप अज पनि दुई अध्यक्षबीच करिब ३ घण्टा कुरा भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसंगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे ११ बजे बालुवाटार पुग्नुभएको थियो । अध्यक्षद्धयको एक्लाएक्लै भेटबार्ता अहिले दिउँसो करिब साढे २ बजे सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।
आजको छलफल निर्णायक हुने भनिए पनि के सहमति भयो वा भएन भन्ने सार्वजनिक भइसकेको छैन । दुई अध्यक्षहरूबीच हिजो पनि एक सातापछि करिब एक घण्टा कुराकानी भएको थियो । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्धयको जिम्मा दिएर स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठकअघि सहमति जुटाउने प्रयत्न भइरहेको नेताहरुले जनाउँदै आएका छन् ।
पछिल्लो पटक दुवै अध्यक्षले विवाद समाधानउन्मुख रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि केही समयका लागि मिल्ने अनुमान गरिएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटीमा बोलेका सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीको विवाद उत्कर्षमा पुगेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE