Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

अब हप्ताको दुई दिन मात्रै कोरोना ब्रिफिङ हुने

१३ कात्तिक
काठमाडौँ–
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी जानकारी अब हप्ताको दुई दिन मात्रै प्रेस ब्रिफिङमार्फत् सार्वजनिक गर्ने भएको छ ।

यही हप्तादेखि लागू हुने गरी मन्त्रालयले आइतबार र बुधबार कोभिड–१९ सम्बन्धी प्रेस ब्रिफिङ हुने जनाएको हो ।

हप्ताको दुई दिन मात्रै प्रेस बिफ्रिङ हुने भए पनि बाँकी दिनमा सामाजिक सञ्जाल र मन्त्रालयको कोभिड–१९ वेब पोर्टलमार्फत् विवरण अद्यावधिक गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE