बैठकमा अनुपस्थित भीम रावललाई भेट्न माधव नेपाल टोखामा
बैठकमा अनुपस्थित भीम रावललाई भेट्न माधव नेपाल टोखामा
६ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगका छन् । बुधबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष रावल सहभागी नभएपछि नेता नेपाल उनलाई भेट्न उनकै निवास टोखा पुगेका हुन्।
नेता नेपालले आज बोलाएको आफूनिकट नेताहरुको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि उनलालाई भेट्न नेपाल टोखा पुगेका हुन् ।
साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिएका रावल एमालेका नेपालसँग रुष्ट छन् । पार्टी अध्यक्ष ओली पार्टी एकताका लागि तयार रहँदा पनि नेपाल नै चिढिएपछि एकता भंग भएको रावलले बताएका छन् ।
पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति नेता नेपालकै कारण असम्भव भएको नेता रावलको ठहर छ । साउन २ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिनु र पार्टी एकता गर्न १० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली लचक हुँदा नेता नेपालले आफूनिकट सांसललाई संसद जोगाउनका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन उर्दी जारी गरेका थिए ।
नेता रावलले पार्टी एकताको अन्तिम घडीमा नेता नेपालले दिएको निर्देशन गलत भन्दै सोही दिन सभामुख अग्नि सापकोटालाई सांसद पदबाट राजीनामा पत्र बुझाएका थिए । यद्यपि अहिलेसम्म पनि उनको राजीनामा स्वीकृत भएको छैन ।
प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालले ह्विप नै जारी गरेर मत दिनेलाई कारबाही गर्ने निर्देशन दिएको थियो । तर, ओली समूहकै ८ जना सांसदले ह्विप उल्लंघनत गरेर देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल १४ जना गरी २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने २२ सांसदहरुलाई एमालेले बुधबार २४ घन्टे स्पष्टीकरण सोधेको छ । र, पार्टीले गरेको कारबाही र अबको कदमबारे बुधबार नेपाल समूहको बैठक आह्वान गरिएको थियो ।
तर, बैठकमा नेता रावल नगएपछि उनलाई भेटघाट गर्न र फकाउन बैठक सकिएलगत्तै नेता नेपाल रावलको निवास टोखा पुगेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE