Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त

८ असाेज 
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन् । गत भदौ २३ गते कोरोना पोजेटिभ रिपोर्ट आएकोमा गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना पोजेटिभ भएसँगै चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । कोइराला केही दिनअघि स्वास्थ्यावस्था सामान्य भएपछि होम आइसोलेसनमा फर्किएका थिए  ।

रिपोर्ट नेगेटिभ आए पनि अझै केही दिन होम आइसोलेसनमै रहने उनले बताएका छन् । त्यसपछि मात्रै पार्टीको नियमित काममा फर्कने उनले जानकारी दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE