Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

केन्द्रीय समितिको बैठकलगत्तै नेपालसँग प्रचण्डको भेटवार्ता

१ चैत
काठमाडौँ –
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आइतबार केन्द्रीय समितिको बैठकलगत्तै प्रचण्ड कोटेश्वरस्थित नेपालको निवासमा पुगेको समाचार स्रोतले जनाएको छ ।

अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको जनाइएको छ । सर्वोच्च अदालतको फैसलापछि विकसित भएको राजनीतिक परिस्थितिका सन्दर्भमा अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE