Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आज सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

२ फागुन काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । सभामुख सापकोटाले आवह्वान गरेका बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने जनाइएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो ।

उहाँका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । महाभियोगपछि चोलेन्द्र सम्शेर जबरा प्रधान न्यायधीसबाट निलम्बित भइसक्नुभएको छ ।

यता, सभामुख सापकोटाले आज बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बहिस्कार गर्ने भएको छ । एमालेले सभामुख सापकोटा प्रति नै आफुहरुको असहमति रहँदै आएको भन्दै बैठकमा नजाने जनाएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE